नर्भिक विशेष डेबिट कार्ड नर्भिक अन्तराष्ट्रिय अस्पतालसँग साझेदारी गरि संयुक्त रुपमा जारि गरिएको EMV डेबिट कार्ड हो। दुबै संस्थाका ग्राहकवर्गको हितलाई ध्यानमा राखि यो सेवा प्रदान गरिएको हो।

यो कार्डको धारकहरुले कार्ड जारी मिति देखि १ बर्षसम्म नर्भिक अस्पतालका विभिन्न सेवाहरुमा विभिन्न छुट पाउनुका साथै बैंकको डेबिट कार्डका सबै विशेषताहरुको पनि पाउनुहुनेछ।

यो कार्ड इच्छा भएको सबै ग्राहकवर्गले(नयाँ वा पुराना बचत खातावालाहरु) पाउनुहुनेछ। नयाँ ग्राहकहरुले नर्भिक विशेष डेबिट कार्ड पाउँ भनि बैंकको कुनै पनि शाखामा अनुरोध गर्न सक्नुहुनेछ।

यो कार्ड बैंकको इ-बैंकिङ प्याकेज (मात्र २५० प्रति वर्ष) मा पनि समावेश गरिएको छ। सम्पुर्ण इ-बैंकिङ प्याकेज अनतर्गत सबै आधुनिक इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, एसएमएस र ईमेल सुचना जस्ता सुबिधा हुन्छन्।

पुराना खातावालहरुले खातामा न्युनतम नेरु ५,००० रकम भएको खण्डमा यो कार्डसँग आफ्नो पुरानो कार्ड साट्न सक्नुहुनेछ।

यो कार्ड अरुले प्रयोग गर्न मिल्दैन र अस्पतालको सेवा मा छुट लिन कार्डबाहकले नै सेवा लिएको हुनुपर्छ। आफ्नो कार्ड अस्पतालमा रकम भुक्तानी गर्दा देखाए सँगै यो छुट लिन सकिन्छ।

नर्भीक अस्पतालले निम्न अनुसारको छुट दिनेछ:

सेवाहरु छुट*
स्वास्थ्य प्याकेजहरु(Health Packages) ५%
रेडियोलोजी १०%
प्याथोलोजी १०%
सर्जरी र प्रोसेड्युरहरु १०%
नन-इन्वेजिव कार्डियोलोजी परिक्षा १०%
CT Scan/ MRI/Mammogram १०%
बेड शूल्क ५%
छुट दर नर्भिक अस्पतालको निर्णय अनुसार बदलिन सक्छ।