अब पाउनुहोस आफ्नो बचतबाट अझ धेरै प्रतिफल। आकर्षक ब्याज दरमा मुद्दती खाता खोल्नुहोस र आफ्नो बचतको बढेको मुल्यबाट सन्तुष्टी पाउनुहोस।

साधारण मुद्दती खाता

)हाम्रो आवधिक मुद्दती खाताले तपाईंलाई तोकिएको ब्याजदर दिनुका साथै आफ्नो आवश्यक्ता अनुसार अवधी चुन्ने लचकता पनि प्रदान गर्छ। धेरै जोखिम बहन गर्न नचाहने जोकोहीलाई लक्ष्मी बैंकको आवधिक मुद्दती खाताले अरू साधारण बचत खाताहरु भन्दा उच्च प्रतिफल प्रदान गर्छ।

  • मुद्दती खाता खोल्न र यसको व्यवस्थापनमा कुनै शुल्क नलाग्ने
  • नेरु १,००,००० को न्युनतम मौजदात (ग्रामिण भेगका शाखाहरुमा नेरु ५०,००० मात्र)
  • नेरु ५,००,००० भन्दा माथीको मौजदातमा थप आकर्षक ब्याज दर
  • ३ महिना देखि ५ वर्ष सम्मको अवधी छान्न पाइने
  • मुद्दती खाताको अवधी सकिए पश्चात वा त्रैमासिक रुपमा ब्याज भुक्तानी
  • मुद्दतीको खाताको आधारमा ९०% सम्म कर्जा लिन सकिने
  • हाम्रो सबै मुद्दती खाताहरु DCGC को बचत ग्यारेण्टी प्रणाली अन्तरगत रहेको छ (नेरु ३,००,००० प्रति व्यक्ति सम्म)

ब्याज दर र अवधीहरु (लिङ्क)

लक्षित मुद्दती (नियमित बचत)

?
%
जम्मा रकम
नेरु ०
ब्याज
नेरु ०
अवधि पछी भुक्तानी हुने रकम
नेरु ०

नियमित बचत गरेर राम्रो प्रतिफल चाहनेहरुका लागी लक्ष्मी बैंकले लक्षित मुद्दती योजना ल्याएको छ। बैंकमा बचत खाता हुनेहरुले हरेक महिना एक निश्चित रकम यो खातामा राख्न सक्नेछन्। यो खातामा लगभग अरु मुद्दती खाता सरह नै प्रतिफल पनि पाईनेछ।

  • मासिक लगानी रकम न्युनतम नेरु ५०० हुनु पर्ने
  • अवधी: १-५ वर्ष
  • ब्याज भुक्तानी:
    • अवधी पश्चात वा
    • जोडिएको बचत खातामा हरेक त्रैमासिक
  • खातावालाले रकम जम्मा हुने मिति चयन गर्न सक्ने
  • बैंकले चयन गरेको मितीमा आफैं रकम निकाल्ने छ
  • यो खाता खोल्ने ग्राहकहरुले नि:शुल्क डि-म्याट खाता खोल्न सक्नेछन्
  • ब्याज दर को हिसाब दैनिक मौजदातमा हुनेछ
  • मौजदातको ९०५ सम्मको कर्जा लिन सकिने
  • किस्ता नबुझाउँदा वा अवधी भन्दा अगाडी नै रकम निकाल्नु परेमा कुनै शुल्क नलाग्ने

ब्याज दर र अवधीहरु (लिङ्क)

गैऱ् आवसिय नेपाली आवधिक मुद्दती खाता

गैऱ् आवसिय आवधिक मुद्दती % प्रति वर्ष
अमेरिकी डलर ५.५%
ब्रिटिश पाउण्ड ४.७५%
युरो ३.०%
अस्ट्रेलियन डलर ५.००%

अवधी: २ देखी ३ वर्ष
न्युनतम मौजदात: अमेरिकी डलर १०,००० वा माथी

प्राय: सोधिने प्रशनहरु

लक्ष्मी बैंकको गैऱ् आवसिय नेपाली आवधिक मुद्दती खाता कसले खोल्न सक्छ?

नेपाल सरकारको विदेश मन्त्रालय वा नेपाली राजदुतावासहरुले जारी गरेको वैध गैऱ् आवसिय नेपाली परिचय पत्र भएका गैऱ् आवसिय नेपालीहरुले यो खाता खोल्न सक्छन्।

नेपालको लक्ष्मी बैंकमा किन मुद्दती खाता खोल्ने?
  • उच्च ब्याज दर (हालका दरहरु हाम्रो दरहरुक पृष्ठमा लेखिएको छ)
  • नेपाली मुद्रामा वा विदेशी मुद्रामा (साउँ र ब्याज सहित) रकम फिर्ता लान सकिने
  • प्रतिफलको ग्यारेण्टी
मुद्दती खाताको लागी न्युनतम मौजदात कति हो?

न्युनतम मौजदात १०,००० अमेरिकी डलर (वा सो सरहको अरु विदेशी मुद्रा) हो

कति अवधीका लागि मुद्दती खाता खोल्न सकिन्छ?

हाल बैंकले २ देखी ३ वर्षको अवधीका लागि यो खाता खोल्ने गरेको छ।

अरु कुन कुन मुद्राहरुमा यो मुद्दती खाता खोल्न सकिन्छ?

यो खाता अमेरिकी डलर, ब्रिटिश पाउण्ड, युरो र अस्ट्रेलियन डलरमा खोल्न सकिन्छ।

कम्पनीको नाममा विदेशी मुद्गाको मुद्दती खाता खोल्न सकिन्छ?

हाल, यो खाता कम्पनीको नाममा खोल्न मिल्दैन।

रकम फिर्ता लैजानका लागी कुनै सिफारिसहरु चाहिन्छ?

२०७६/०५/१२ मा राष्ट्र बैंकले जारी गरेको ०२/२०७६/७७ नंको सर्कुलरका अनुसार मुद्दती अवधी पश्चात विना कुनै सिफारीस तपाईंको देशको खातामा स्वत: जम्मा गर्न सकिन्छ।

लक्ष्मी बैंकलाई रकम कसरी रकमांतरण गर्ने?

तपाईंले हाम्रो बैंकमा स्विफ्टबाट सजिलै ट्रान्सफर गर्न सक्नुहुनछ। हाम्रो स्विफ्ट कोड LXBLNPKA हो। बैंकिङ माध्यमबाट नै पैसा पठाउनु पर्ने हुन्छ। 

के मैले अवधी अगावै रकम निकाल्न सक्छु?

हाल, २ वर्ष अगाडीसम्म रकम निकाल्न मिलदैन। २ वर्ष पछी भने अवधी अगाडी रकम बैंकको नियमानुसार निकाल्न सकिन्छ।

यो मुद्दती खाताको आधारमा मैले कर्जा लिन मिल्छ?

नेपाली रुपैयाँमा बैंकको नियमानुसार कर्जा लिन सकिन्छ।

मेरो लगानी सुरक्षित त हुन्छ?

 राष्ट्र बैंकको अन्तर्गत बैंक तथा वित्तिय संस्था ऐन अन्तरगत विगत १७ वर्ष देखी सञ्चालनमा रहेको लक्ष्मी बैंक नेपालको शेयर बजारमा सुचिकृत कम्पनी हो। बैंकको वित्तिय विवरणहरु हाम्रो वेबसाइट (www.laxmibank.com) मा उपलब्ध छन् र हामीलाई ICRA Nepal  हालसालै BBB+ रेटिङ प्रदान गरेको छ। 

म इच्छुक छु। अब के गर्ने?

सरल छ। हाम्रो गैऱ् आवसिय नेपाली आवधिक मुद्दती खाता खोल्ने अनलाइन आवेदन फारम भर्नुहोस अनलाइन आवेदन फारम भर्नुहोस र हाम्रो कर्मचारीले तपाईँलाई सम्पर्क गर्नेछन्।