VISA डेबिट कार्ड लक्ष्मी बैंकको VISA डेबिट कार्ड नेपाल र भारतका २५ लाख भन्दा बढी ब्यापारिक केन्द्र र VISA लोगो भएका ४ लाख भन्दा धेरै एटिएम टर्मिनलहरुमा प्रयोग गर्न सकिन्छ। यो कार्ड सेवा बैंकले तपाईँको सुरक्षा र कारोबारको सुलभता दुबै ध्यानमा राखि तयार पारिएको हो। सुरक्षालाई दृष्टि गर्दै कार्डको पछाडी पट्टि सहि र कार्ड पाए पश्चात आफ्नो पिन नं परिवर्तन गर्नुहोला पिन नं परिवर्तन गर्न बैंकको एटिएम मा जानुपर्छ। बैंकको डेबिट कार्ड EMV कार्ड हो र यसमा चिप र पिन दुबै प्रबिधि राखिएको हुन्छ। त्यसैले, कार्ड प्रयोग गरि कुनै ब्यापारिक केन्द्रमा खरिददारी गर्दा आफ्नो ४ अंकको पिन हाल्नु पर्ने हुन्छ। हाम्रा विशेष सेवाहरु VISA डेबिट कार्ड हाम्रा एटिएम हरु डलर यात्रा कार्ड एटीएम सुरक्षा दिशानिर्देशन एटिएम पे बाट थप सेवा पाउनुहोस नर्भिक विशेष डेबिट कार्ड यो कार्ड Verified by Visa (VbV) पनि हो। यो भिन्न सेवा लिए पछि कार्डको अनाधिकृत प्रयोग हुन नदिन सबै कारोबारहरु पटके पिन बाट सुरक्षित हुन्छन्। यो सेचा लिेए पश्चात पटके पिन बैंक संग आबद्ध तपाईँको मोबाइल फोनमा एसएमएस बाट प्राप्त हुन्छ। यस्तो पटके पिन तपाईंले इमेलमा पनि प्राप्त गर्न सक्नु हुन्छ। थप जानकारीका लागि बैंकको 3D Secure Services पृष्ठ हेर्नुहोला। यो एटिएम कार्ड पनि हो र यसबाट तपाईंले रकम निकाल्न, अरुको खातामा रकमान्तरण का साथै आफ्नो खाताको विवरण हेर्नुका साथै संक्षिप्त विवरण प्रिन्ट पनि गर्न सक्नुहुन्छ। यो कार्डको अर्को विशेष्ता भनेको कार्डलेस क्याश हो जसको प्रयोग ले तपाईंले लक्ष्मी बैंकको एटिएम प्रयोग गरि रकम विप्रेशण (रेमिट) पनि गर्न सक्नुहुन्छ। यो कार्डमा निम्न बमोजिम रकम निकाल्ने सीमा तोकिएको छ: नेपाल भित्र प्रत्येक कारोबारमा अधिकतम नेरु २५,००० सम्मम प्रति दिन अधिकतम नेरु १ लाख सम्मम प्रति महिना अधिकतम नेरु ४ लाख सम्मम एक दिनमा अधिकतम २५ चोटि सम्म प्रयोग भारतमा प्रत्येक कारोबारमा अधिकतम भारु १५,००० सम्म प्रति दिन अधिकतम भारु १५,००० सम्म प्रति महिना अधिकतम भारु १ लाख सम्म (भारतमा कार्डको प्रयोग राष्ट्र बैंकको नितीको मातहत रहने हुनाले यो सीमा समय समयमा बदलिने गरेको छ।) यो कार्ड जारी गरेको मिती देखि ४ वर्ष सम्म चल्छ र लाग्ने सेवा शूल्क बैंकले तपाईँको खाताबाट नियमित कटाउने छ। कार्ड प्रयोग नियमित गर्ने निति तथा नियमहरु सावधानी पुर्वक अध्ययन गर्न अनुरोध गर्दछौं। समय समयमा यो पृष्ठ र बैंकको सबै शूल्कहरुको सूचि हेर्न पनि अनुरोध गर्दछौं। कार्डको बारेमा कुनै जिज्ञासा वा सुझाव भएमा बैंकको ब्रान्च वा कार्ड र डिजिटल माध्यम डिपार्टमेन्ट मा ०१-४३७१४८४ मा सम्पर्क राख्नुहोला। बैंकको टल फ्रि नं १६६०००१०२०२० र cardsupport@laxmibank.com मा पनि सम्पर्क राख्न सक्नुहुन्छ। Verified by Visa बारे थप जानकारी Verified by Visa र 3D Secure Service भनेको के हो ? Verified by Visa (VbV) सेवा लिए पछि कार्डको अनाधिकृत प्रयोग हुन नदिन सबै कारोबारहरु पटके पिन बाट सुरक्षित हुन्छन्। यो सेचा लिेए पश्चात पटके पिन बैंक संग आबद्ध तपाईँको मोबाइल फोनमा एसएमएस बाट प्राप्त हुन्छ। यस्तो पटके पिन तपाईंले इमेलमा पनि प्राप्त गर्न सक्नु हुन्छ। यो किन चाहिन्छ ? Verified by Visa (VbV) बाट तयार गरिएको यो विधिले तपाईँलाई कार्डको अनाधिकृत प्रयोग हुन नदिन थप सुरक्षा प्रदान गर्छ। यस प्रकारको विधिलाइ दुइ कोणिय प्रमाणिकरण पनि भनिन्छ - अर्थात कुनै पनि कारोबार गर्दा कार्ड र फोन वा ईमेल दुबै तपाईंसंगै हुनुपर्ने हुन्छ। Verified by Visa को सेवा कसरी सुचारु गर्ने ? यो सेवा सुचारु गर्न दुई बिधि छन् : लक्ष्मी बैंकको 3D Secure Services पृष्ठमा गइ एउटा सरल फारम भर्नुहोस। वा Verified by VISA (VbV) सेवा संग आवद्ध ब्यापारिक केन्द्रमा (अनलाइन स्टोरहरुमा) मा कारोबार गर्दा पनि यो सेवा सुचारु गर्न सकिन्छ : कुनै पनि अनलाइन स्टोरमा आफ्नो किनमेल सकिएपछि भुक्तानी पृष्ठ (Payment Page) मा जानुहोस। कार्ड नं लगायतका सबै कार्डका विवरणहरु हाल्नुहोस। अनलाईन स्टोरले लक्ष्मी बैंकको 3D Secure Service मा सम्पर्क राखि सो कार्ड Verified by VISA (VbV) भए नभएको पुष्टि गर्नेछ। त्यस पश्चात तपाईंको ब्राउजर स्क्रिनमा Verified by VISA (VbV) को पप अप देखा पर्नेछ। सो फारममा पसलको नाम, खरिदको रकम, मिती, तपाईंको कार्ड नं र स्वागत सन्देश हुनुका साथै पटके पिन राख्ने बाकस पनि हुन्छ। आफ्नो पटके पिन प्राप्त गर्न आफ्नो फोन वा इमेल हेर्नुहोस। पप अपमा भएको सबै विवरण रुजु गरि, पटके पिन हाल्नुहोस र बैंकले प्रयोगकर्ता तपाईं नै रहेको पुष्टी गर्नेछ। यसरी Verified by VISA (VbV) सेवा तपाईंको कार्डमा सुचारु हुनुका साथै तपाईंको भुक्तानी पनि सफल हुनेछ। Verified by VISA (VbV) को सेवा कसरी सुचारु गर्ने आवेदन दिएको कति समयमा यो सेवा सुचारु हुन्छ? यो सेवा आवेदनको पन्जिकरणको तुरुन्त पश्चात नै सुचारु हुन्छ। Verified by VISA सेवा कहाँ कहाँ चलाउन मिल्छ? Verified by VISA (VbV) को लोगो राखि़एका सबै अनलाइन स्टोर (पसलहरुमा) यो सेवा प्रयोग गर्न सकिन्छ। अनलाइन खरिददारी गर्दा Verified by VISA (VbV) को पटके पिन नमागेको पाएमा के गर्ने? यसको मतलब सो ब्यापारिक केन्द्र (अनलाइन पसल) Verified by VISA (VbV) सेवामा आवद्द छैन। तपाईंले यस्तो पसलमा रकम भुक्तानि गर्न त सक्नुहुन्छ तर बैंकले विश्वाश गर्ने पसलहरुसँग मात्र कारोबार गर्न बैंक अनुरोध गर्दछ। मेरो अहिलेकै VISA कार्डमा सेवा सुचारु गर्न मिल्छ? मिल्छ लक्ष्मी बैंकको तपाईँसँग भएको डेबिट कार्डमा नै यो सेवा सुचारू गर्न मिल्छ। नयाँ कार्ड लिन परेको खण्डमा के गर्ने? कार्ड पुनस्सुचारु गरेको खण्डमा तपाईंको कार्ड नं उहि रहने हुनाले यो सेवा पनि सुचारु रहि नै रहन्छ। तर, यदि नयाँ कार्ड (नयाँ कार्ड नं) लिनु भएको छ भने फेरि माथी लेखिएको प्रकृया बमोजिम सेवा सुचारु गर्नु पर्ने हुन्छ। मेरो VISA कार्डमा सेवा सुचारुको गर्न सहयोग चाहिएमा के गर्ने? यदि तपाईँलाई यो सेवा लिन सहयोग चाहिएमा कार्ड सेवा केन्द्रको फोन नं ९७७-१-४३७१४८४ मा ८ बजे बिहान देखि ८ बजे बेलुकी (नेपाली समय) वा cardsupport@laxmibank.com मा सम्पर्क राख्नुहोला।