डलर यात्रा कार्ड हाम्रो VISA ब्रांडको यात्रा कार्ड, ओरेन्ज इन्टरनेसनल, तपाईंको अन्तर्राष्ट्रिय यात्राको लागि सुरक्षित र सुविधाजनक साथी हो। सुलभ आवेदन प्रक्रिया, प्रयोग गर्न सहज र संसारभरि नै व्यापक रूपमा स्वीकार गरिने यो कार्डबाट तपाईंले पैंसा झिक्न वा कुनै पनि सामान वा सेवाको भुक्तानी गर्न सक्नु हुन्छ| ओरेन्ज इन्टरनेसनलको साथमा आफ्नो यात्रा सकुशल र स्मार्ट बनाउनुहोस्| जारी गर्ने बेलाको शूल्क: नेपाली रुपैयाँको हकमा : रु. ७५०.०० विदेशी मुद्राको हकमा : अमेरिकी डलर ०.०० रकम थप गर्दा लाग्ने शूल्क: नेरु. २५०.०० यो कार्ड बिश्वभरि VISA कार्ड चल्ने ठाउँमा स्वीकार्य हुन्छ| आफ्नो सुरक्षा र सुबिधाको लागि तल उल्लेखित निर्देशनहरु ध्यानमा राख्नुहोला| यो कार्ड EMV स्तरको चीपमा आधारित कार्ड हो जुन हाम्रो सबै शाखाहरुमा सहज रुपमा पाइन्छ| हाम्रा विशेष सेवाहरु VISA डेबिट कार्ड हाम्रा एटिएम हरु डलर यात्रा कार्ड एटीएम सुरक्षा दिशानिर्देशन एटिएम पे बाट थप सेवा पाउनुहोस नर्भिक विशेष डेबिट कार्ड आवश्यक कागजातहरू राहदानीको प्रतिलिपि यात्रा गर्ने देशको भिसा हवाई टिकट (Confirmed) सुरक्षाका निर्देशनहरु यात्रा गर्नु अगाडी आफ्नो ओरेन्ज इन्टरनेसनल कार्ड लक्ष्मी बैंकको कुनै पनि एटीएममा गई जाँच गर्नुहोस् र थप सुरक्षाको लागि पिन परिवर्तन गर्नुहोस्र आफ्नो कार्ड सुरक्षित राख्नुहोस र पिन कसैलाई पनि नभन्नुहोस| यदि तपाईंले तिन पटक गलत पिन थिच्नुभएमा कार्ड अभरुद्ध (ब्लक) हुनेछ| कार्ड सुचारु गर्न बैंकको कार्ड सेवा शाखामा सम्पर्क गर्नु पर्नेछ| यसको लागि राहदानीको प्रतिलिपि र हस्ताक्षर गरिएको आवेदन इमेल गर्नु पर्ने हुन्छ|कार्ड्स सेवा शाखा: +९७७-१-४३७१४८४ (हरेक दिन बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म; सार्वजनिक बिदाका दिनहरुमा सहायता समय फरक हुन सकिने) वा cardsupport@laxmibank.com| आफ्नो कारोबारको विस्तृत विवरण पाउन कृपया इमेल सतर्क सेवा लिनुहोस| तपाईंको सुरक्षाको लागि कार्ड स्वाइप गर्नु नपर्ने कारोबार (म्यानुअल कारोवार) हरु बन्द गरिएको हुन्छ। यदि तपाई आफ्नो कार्डमा ई-कॉमर्स सुबिधा समाविष्ट गर्न चाहनुहुन्छ भने कृपया हाम्रो 3D सुरक्षित सेवा (3D Secure Service) लिनुहोस वा नजिकैको शाखामा सम्पर्क राख्नुहोस| रकम भुक्तानी गर्न आफ्नो कार्ड अपरेटरलाई दिंदा, यो कार्ड डेबिट कार्ड हो र खाताको किसिम “बचत” हो भनी जानकारी दिनुहोस्र यसैगरी एटीएमबाट रकम झिक्दा “बचत खाता” विकल्प रोज्नुहोस| चल्ती खाता, क्रेडिट कार्ड जस्ता गलत विकल्प रोज्नु भएमा कारोवार असफल हुनेछ| कारोवार सिमा र कारोवार शुल्क यस प्रकार छन् : कारोवार POS को सिमा (अमेरिकी डलर) एटीएमको सिमा (अमेरिकी डलर) कारोवार सिमा २,५०० २,५०० दैनिक सिमा २,५०० २,५०० मासिक सिमा २,५०० २,५०० यदि तपाईंको कार्ड एटीएम/पोसमा चलेन भने, कृपया अर्को बैंकको एटीएम/पोसमा प्रयास गर्नुहोस् किनकि त्यस बैंकको प्रणालीमा समस्या हुनसक्छ| यदि तपाईंलाई कार्ड सम्बन्धित कुनै समस्या आएमा कृपया कार्ड्स सेवा साखामा फोन अथवा इमेल मार्फत सम्पर्क गर्नुहोस्र हामी इमेल मार्फत २४ घण्टा भित्र तपाईंको प्रस्नहरुको प्रतिक्रिया दिनेछौं|