आनन्दसँग रमाउन नसके स्वतन्त्रताको मतलब नै के हुन्छ र?

लक्ष्मी बैंकको क्रेडिट कार्ड सेवाले तपाईंलाई आफ्नो आर्थिक कारोबार सम्पुर्ण नियन्त्रण लिन मद्दत गर्दछ। यो VISA क्रेडिट कार्डका विशेष्ताहरु निम्न बमोजिम छन्:

  • कुनै तनाव बिना भुक्तानी
  • लचिलो भुक्तानी प्रणाली
  • सजिलो भुक्तानी प्रणाली

क्रेडिट कार्ड हटलाईनस् : ०१-४३७१४८४

आफुलाई पायक पर्ने भुक्तानि प्रणाली छान्नुहोस

कुनै तनाव बिना भुक्तानी

आफ्नो सुलभता अनुसार भुक्तानी गर्न सकिने यो प्रणाली मा आफुले किनेको सामानको भुक्तानी आफुलाइ इच्छा लागेको समयमा गर्न सकिन्छ। यस्तो खरिद बाट जम्मा भएको सावाँको केवल ५% ब्याज मात्र हरेक महिना तिर्नुहोस र बाँकीको रकम आफ्नो सुलभता अनुसार बिभिन्न किस्तामा भुक्तानी गर्नुहोस।

लचिलो भुक्तानी प्रणाली

लचिलो भुक्तानी प्रकृयाको स्वतन्त्रता बैंकले सबै क्रेडिटकार्ड धारकलाई दिएको छ। तिर्न पर्ने रकमको ५% भन्दा माथि को भुक्तानी आफ्नो सुलभता अनुसार जहिले पनि तिर्न सकिने हुँदा आफ्नो व्यक्तिगत आय व्यय नियन्त्रण गर्न झनै सजिलो हुन्छ।

सजिलो भुक्तानी प्रणाली

क्रेडिट कार्डको भुक्तानी गर्ने थुप्रै माध्यमहरु छन्। बैंकको कुने काउनटर गएर रकम मै त्रिन पनि सकिन्छ वा बैंकको इन्टरनेट बैंकिङ वा पार्टनर वालेट सेवाहरु बाट पनि क्रेडिट कार्डको भुक्तानी गर्न सकिन्छ।

क्रेडिट कार्ड कारोबार सिमा (भिसा नेटवर्क)

पि.ओ.एस. कारोबार सिमा
सिमाको प्रकार नेपाल भरी भारत भरी
प्रति दिन रु. १,००,००० रु. १,००,०००
प्रति कारोबार रु. १,००,००० रु. १,००,०००
प्रति महिना रु. २,००,००० रु. १,००,०००
ए.टि.एम. कारोबार सिमा
सिमाको प्रकार नेपाल भरी भारत भरी
प्रति दिन रु. २५,००० रु. १५,०००
प्रति कारोबार रु. १,००,००० रु. १५,०००
प्रति महिना रु. २,००,००० रु. १,००,०००

ब्याज नलाग्ने अवधि

लक्ष्मी बैंकको क्रेडिट कार्ड सँगै ४५ दिन८ सम्मको ब्याज नलाग्ने अवधिमा रमाउनुहोस।*

मसान्तको विवरण

आफुले कमाएको पैसा कहाँ खर्च भइरहेको छ भन्ने जिज्ञासा छरु लक्ष्मी बैंकको क्रडिट कार्डको हरेक मसान्तमा जारी हुने विवरणमा सबै कारोबारहरु देखिने हुनाले अझ राम्ररी योजना बनाउन तपाईंलाई मद्दत गर्दछ।

हाम्रो क्रेडिट कार्ड VISA का ५,०००० र झण्डै ३ लाख POS मा चल्ने हुँदा, नेपाल र भारतको प्रायस् सबै ठाउँमा तपाईको साथ हामी हुनेछौं।

*यो सुविधाको लाभ लिन आफ्नो क्रेडिट कार्डको भुक्तानी चक्र बुझ्न आवश्यक हुन्छ।

आजै आवेदन दिनुहोस

3D Secure सेवा

लक्ष्मी बैंकले नबिल बैंक र VISA सँगको संयुक्त जारी गरेको नयाँ 3D Secure सेवाले ग्राहकवर्गलाई सुरक्षित तरिकाले “Verified by VISA (VbV)” सेवामा आवद्ध अनलाइन स्टोरहरु (इकमर्श) मा भुक्तानी गर्न सक्षम बनाउँछ। यो सेवा बाट तपाईंको हरेक कारोबा पटके पिन बाट सुरक्षित हुन्छ।

अब इनटरनेटबाट कुनै पनि सामान कुनै पनि समयमा आफ्नो सुबिधा अनुसार खरिद गर्नुहोस। 3D Secure सेवा लिन तलको लिङ्क (शिफारिश गरिएको)मा जानुहोस चा खरिदको समयमा पनि सुचारु गर्नसकिन्छ। सेवा सुचारु बारे थप जानकारी का लागि कृपया यहाँ क्लिक गर्नुहोस।  click here.

Disclaimer: Please note that Laxmi Bank as an associate member of Nabil Bank can offer the services in the above page to Laxmi Bank cardholders. Service Charges, Terms and Conditions and other aspects of the services remain the same and apply to Laxmi Bank cardholders when used.

3D Secure सेवाको सुरक्षा विशेष्ताहरु :

3D Secure सेवाको गृहपृष्ठमा, तलका सुरक्षा चिन्हहरु देख्न सक्नुहुनेछ :

यो लक्ष्मी बैंकको ब्राण्ड चिन्ह हो र यो चिन्ह बैंकको वेबसाइटमा देखिने जस्तै छ।

यो नबिल बैंकको ब्राण्ड चिन्ह हो र यो चिन्ह बैंकको वेबसाइटमा देखिने जस्तै छ।

यो VISA International को 3D Secure सेवाको आधिकारिक ब्राण्ड चिन्ह हो र नबिल बैंक वा पार्टनर बैंकको डेबिट वा क्रेडिट कार्ड बाट अनलाइन भुक्तानी गर्दा यो चिन्ह यो सेवासँग आवद्ध सबै स्क्रिनमा देखिन्छ।

यो चिन्ह Electra Card Services को हो। सो कम्पनि नबिल बैंकको 3D Secure सेवा होस्ट गर्ने आधिकारीक पार्टनर हो र यो चिन्ह बैंकको 3D Secure सेवाको वेबसाइटमा देखिन्छ।

यो DigiCert Inc. भन्ने कम्पनिको ब्राण्ड चिन्ह हो। यो कम्पनिले बैंकको 3D Secure सेवाको वेबसाइटलाइ डिजिटल प्रमाणपत्र प्रदान गरेको छ र सोको चिन्ह 3D Secure सेवाको वेबसाइटमा छ।

कारोबार गर्दा DigiCert बाट प्रमाणित यो हरियो डिजिटल प्रमाणपत्र ब्राउजरको ठेगाना बारमा देखिन सकिन्छ। यो चित्र नमुना मात्र हो।