आस्बा / सि-आस्बा लक्ष्मी बैंकले आस्बा (रोक्का रकमले संरक्षित आवेदन) सेवा सबै शाखाबाट दिने गरेको छ। यो प्रकृयामा आवेदकको पैसा कुनै पनि शेयर जारी (IPO / FPO / Rights) परेको खण्डमा मात्र खाता बाट कटाइन्छ। शुल्क सेवा दस्तुरहरुको विवरण अनुसार शुल्क लागु हुनेछन् । सि-आस्बा नेपाल धितोपात्र बोर्ड (सेबोन)ले ११/११/२०७४ देखी लागु हुने गरी कुनै पनि शेयर जारी (IPO/FPO/Rights/Mutual Funds)का लागी सि-आस्बा अनिवार्य गरेको छ । यसको मुख्य फाईदा भनेको शेयर आवेदन प्रकृया सरल हुनु हो, किन कि यसमा बैंक खाता, डि-म्याट खाता, र व्यक्तिगत विवरण सबै प्रमाणित भैसकेको हुन्छ । CRN (सि-आस्बा रजिस्ट्रेसन नं) को लागि आवेदन दिने प्रकृया कुनै पनि शेयरमा आवेदन दिनु अगाडी ग्राहकले CRN प्राप्त गरेको हुनुपर्छ। यो प्राप्त गर्नका लागि बैंकको कुनै पनि शाखामा रहेको सि-आस्बा फारम भरेर शाखामा बुझाउनु पर्दछ। फारम बुझाउँदा निम्न जानकारीहरु चाहिने हुन्छ: बैंक खाताको विवरण डि-म्याट खाताको विवरण व्यक्ति पहिचानका विवरण यो सबै विवरण भरेर फारम बुझाए पछि शाखामा नै तपाईंले CRN पाउनु हुनेछ। यो CRN प्रयोग गरेर आफु नजिकैको कुनै पनि बैंक शाखा वा मेरो शेयर मार्फत शेयरको लागी आवेदन दिन सकिन्छ। अनलाइन मार्फत सेवा आफ्नो शेयरको विवरण र नयाँ शेयरको आवेदन मेरो शेयर मार्फत अनलाइन बाट पनि गर्न सकिन्छ।