Anti-money laundering (AML) लक्ष्मी बैंकले आन्तरिक प्रायोजनको लागी एक अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विस्तृत सम्पत्ति शुद्धीकरण नियन्त्रण नीति कार्यान्वयन गरेको छ। हामी हाम्रो सम्पत्ति शुद्धीकरण नियन्त्रण रणनीति र प्रक्रियाहरूलाई निरन्तर रूपमा परीक्षण गरी वित्तीय कम्पनीका लागि उत्कृष्ट अभ्यासहरू प्रतिबिम्बित गर्ने प्रभावकारी सम्पत्ति शुद्धीकरण नियन्त्रण प्रणाली कायम राख्न प्रतिबद्ध छौं। हामी र हाम्रा कर्मचारीहरु सम्पत्ति शुद्धीकरण नियन्त्रण अनुपालनाको उच्च मापदण्डहरू को पालना गर्न प्रतिबद्ध छौं । हामीले पालना गर्ने न्यूनतम मापदण्डहरू निम्न प्रकार रहेका छन्: खाता खोल्नु र / वा खाता सञ्चालन गर्नु अघि ग्राहकको पहिचान पुष्टि / सुनिश्चित गरिन्छ। सामान्यतया, नयाँ खाताहरु खोल्ने बखतमा खाता खोल्नु को उद्देश्य र रकमको स्रोत जस्ता जानकारी विस्तृत रूपमा विश्लेषण गरिन्छ । कुनै पनि शंकास्पद कारोबार माथिल्लो तहलाई रिपोर्ट गरिन्छ । पहिचानको लागि प्राप्त गरिएको कुनै पनि डाटा सुरक्षित राखिन्छन्। कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण नियन्त्रण अभ्यासहरु बारे नियमित रूपमा प्रशिक्षण दिईन्छ। सम्पत्ति शुद्धीकरण गतिविधि रोक्नको लागि हाम्रो प्रयासमा सम्बन्धित सबैको सहयोगको अपेक्षा गर्दछौं। US Patriotic Act Certification W8 BEN 2020 Wolfsberg Questionnaire CBDDQ V1.3