हाम्रो बारेमा हाम्रो बारेमा सञ्चालक समिती व्यवस्थापन टोली प्रतिवेदनहरु हाम्रो मुल्य-मान्यताहरु लक्ष्मी बैंक अप्रिल २००२ मा नेपालको १६औं “क” वर्गको बैंकको रुपमा स्थापित भएको हो। नेपाली कर्पोरेट क्षेत्रमा पहिलो पटक मर्जर गर्दै बैंकले सन् २००४ मा हाइसेफ वित्त संस्थासंग मर्जर गरेको थियो। त्यस पश्चात बैंकले जनवरी २०१७ मा “ख” वर्गको वित्तिय संस्था दियालो विकास बैंकसंग पनि मर्जर गरिसकेको छ। बैंकले आज देश भरि फैलिएका शाखा सन्जाल र बिभिन्न प्रविधिका माध्यमबाट आफ्ना ग्राहकहरुलाई सेवा पुऱ्याउँदै आएको छ। छोटो इतिहास बोकेको भएपनि, लक्ष्मी बैंक बजारको हरेक क्षेत्र (खुद्रा, मध्य-बजार, कर्पोरेट, पूर्वाधार र ट्रेजरी) मा मुख्य पात्रको रुपमा स्थापित हुन सफल भएको छ। नेपालकै उत्कृष्ट व्यवस्थापन भएको बैंक भनि ख्याति कमाएको यस बैंकले जहिले पनि उच्च मापदण्ड, असल कर्पोरेट संस्कृति, जोखिम व्यवस्थापन प्रणाली र बलियो प्रविधिको अधिनमा रहेर सेवा प्रवाह गर्दै आएको छ। लक्ष्मी बैंकको लघुवित्त सहायक संस्था – लक्ष्मी लघुवित्तिय संस्था लि।, एक “घ” वर्गको वित्तिय कारोबार गर्न राष्ट्र बैंकबाट स्विकृत प्राप्त संस्थान हो र यो सन् २०१२ देखी सञ्चालनमा छ। त्यसै गरी, लक्ष्मी बैंकको लगानी बैंकिङ को सहायक संस्था – लक्ष्मी क्यापिटल मार्केट लि। फेब्रुअरी २००९ देखि सञ्चालनमा रहेको छ। यो संस्था सेबोन (SEBON) बाट स्विकृती प्राप्त संस्था हो र यसले लक्ष्मी बैंकको दुइटा म्युचुअल फण्ड (लक्ष्मी भ्याल्यु फण्ड – १ र लक्ष्मी इक्विटी फण्ड) व्यवस्थापन गर्नुका साथै अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गर्दै आएको छ। हाम्रो दृष्टान्त उन्नत र जीवन्त नेपालको हामी सबैभन्दा रुचाइएको बैंक हुनेछौं र परिवार, व्यवसाय र समुदायको संवृद्धिको लागि हामी भरपर्दो सेतु हुनेछौं। हाम्रो अस्तित्च कारोबार भन्दा संबन्ध बढि जरुरी हुन्छ भन्ने हाम्रो मान्यता हो र हाम्रो ग्राहकहरुको आवश्यक्ताहरुलाई ध्यानमा राखी उहाँहरुको वित्तिय संभावना सफल पार्न हामी उत्कृष्ट ग्राहक अनुभव दिन प्रतिबद्ध छौं। ग्राहकले आफुले चाहेको माध्यमबाट सरल, स्मार्ट र सुरक्षित बैंकिङ सेवा लिन टेवा दिनका लागि हामी भौतिक र डिजिटल दुबै माध्यममा हाम्रो सन्जाल बढाउँदै जाने छौं। . हामी जिम्मेवारी सहितको बैंकिङमा विश्वास राख्ने हुनाले हाम्रो सञ्चालन, पारदर्शिता, नैतिकता र अखण्डताको उच्च मापदण्ड हाम्रो कम्पनी भरि नै लागु गर्नेछौं। हामी हाम्रो दायित्व बुझ्ने हुनाले वित्तिय सेवा देखि बाहेकका समुदायहरुलाई सहयोग पुग्ने र हाम्रो दिगो भविष्यक लागि हरित कम्पनी हुन र कम ऊर्जा प्रयोग गर्न मद्दत गर्ने क्रियाकलापहरुमा लगानी गर्ने गर्दछौं । हामी व्यक्तिको शक्ति र विचारको सदुपयोग गर्दै एउटा सशक्त समुह बनाउँदै हाम्रा सबै सरोकारवालाहरुका लागि उचित प्रतिफल प्रदान गर्छौं। हाम्रो मुल्य र मान्यता जिम्मेवार आपसी सहयोग (टिमवर्क) प्रगतिशील अन्वेषकहरू सम्बन्धहरु संस्थापन लक्ष्मी बैंक अप्रिल २००२ मा नेपालको १६औं “क” वर्गको बैंकको रुपमा स्थापित भएको हो। बैंकको शेयरहरु सार्वजनिक रुपमा नेप्सेमा सुचिकृत रहेको छ। मुख्य शेयरधनीहरु लक्ष्मी कर्प नेपाल प्रा. लि. १४.६०% स्नेहा खेतान ११.३०% नागरिक लगानी कोष ८.६८% सारिका खेतान ७.८२% लक्ष्मी बैंकको हालको शेयर विवरण Last Traded Price (Rs.)198.80Change (Rs.) and (%)198.8(0.00)Total Listed Shares115,513,451.00Paid Up Value (Rs.)100Total Paid Up Value (Rs.)11,551,345,100.00Closing Market Price (Rs.)198.80Market Capitalization (Rs.)22,964,074,058.80